हिरासत कक्षकाे भेन्टिलेशन काटेर भागेका थप तीनजना थुनुवा पक्राउ


काठमाडौं- जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झा तत्कालै पक्राउ परेका थिए ।,

भागेका ८  जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

अन्यकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

 

 

प्रतिक्रिया