

प्रहरी हिरासतबाटै ८ थुनुवा फरार

धनुषा – जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।
आइतबार राति थुनुवा कक्षको झ्यालको भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ ।
हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरीले सर्च अभियान चलाएको छ ।
थप विवरण आउन बाँकी छ ।

