बर्दियामा महिलाको हत्या, पप्पु पक्राउ


काठमाडौं- बर्दियामा एक जना महिलाको हत्या गरेकाे आरोपमा पुरूष पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका- ५ तर्कापुर निवासी ३९ वर्षीया मीना थारुको हत्या भएको प्रहरीले जनाएको छ।

गए राति सवा १२ बजे बारबर्दिया नगरपालिका- ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले मीनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।

उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले थारुलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया