

भारतीय सिमानाकामा स्वदेश फर्कने नेपालीको भीड, कोरोना फैलिने जोखिम बढ्यो

डोटी – भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्वदेश फर्किने नेपालीहरुको सिमा नाकाहरुमा भिडभाड देखिन थालेको छ ।
रोजगारीका लागि भारत पसेका नेपालीहरु भारतमा संक्रमण पुनः बढेसँगै नेपाल फर्किन थालेका हुन् ।
कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपाली भित्रिरहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बताए।
बुधबार मात्रै कैलाली कञ्चनपुरको सीमा नाका गौरीफन्टाबाट सयौँको संख्यामा स्वदेश भित्रिएका छन् । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेको छ।
यी दुई नाकाबाट विगत १० दिनमा सात हजार बढी भित्रिएको प्रहरीले जनाएको छ।

