बिर्तामोडमा छुरा प्रहारबाट युवतीको मृत्यु


विराटनगर — झापाको बिर्तामोडमा छुरा प्रहारबाट एकजना युवतीको मृत्यु भएको छ ।

युवतीमाथि एकजना युवकले छुरा प्रहार गर्दा उनको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । छुरा प्रहारबाट घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

एकजना अपरिचित युवकले महानन्द चोकमा ति युवतीलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरेको देखेपछि स्थानीयले युवालाई घेरेपछि भागेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरि भागेका युवालाई अर्जुनधारा–६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया