जनकपुरधाम-२४ का वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित अख्तियारको फन्दामा


जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र कार्यालय सहयोगी ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै घरजग्गा बाटोको सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट लिएको ४ लाख ५० हजार घुस रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

प्रतिक्रिया