चेक बाउन्समा दोषी ठहर भए ५ प्रतिशत जरिवानासहित २ वर्षसम्म कैद


काठमाडौं- चेक अनादर (बाउन्स)सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाको अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल यस्तो सजायबारे निर्णय भएको हो ।

चेक अनादर भएको प्रमाणीत भए पाँच प्रतिशत जरिवानासहित कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा एक महिना कैद, ५० लाखसम्मकोमा तीन महिना, एक करोडसम्मकोमा एक वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणीत भएमा दुई वर्षको कैद सजाय हुनेमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताए ।

उनले सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नु पर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रुप दिने बताए ।

चेकको विश्वस्नीयताका लागि पनि कानूनलाई छिटै अन्तिम रुप दिएर पारित गर्नु पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया