

देशको भूभाग मिचिँदा प्रधानमन्त्री सत्ता जोगाउने खेलमा मस्त : भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्रले देशको भुभाग मिचिँरहदा पनि सत्ता र कुर्सी जोगाउन तिर तल्लिन रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेपालको अस्तत्वसँग प्रतिकुल हुने गरी साँठगाठँमा तल्लिन रहेको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओली सरकार जोगाउन जनता समाजवादी पार्टी (जसपा)का एक खेमाका नेताहरुसँग भेटघाट गरिरहेका छन्। जसपाको पूर्व राजपा पक्षका महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरुसँग प्रधानमन्त्री ओलीले उनीहरुलाई सरकारमा सहभागी गराउनका लागि विभिन्न चरणमा छलफल गरिरहेका छन्।
जसपाको पूर्व राजपा पक्ष प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि छलफलमा जुटिरहँदा पूर्व संघीय समाजवादी पार्टी पक्षधर भने प्रधानमन्त्रीलाई हटाइ नयाँ सरकार निर्माण गर्नुपर्ने लाइनमा छ।
प्रधानमन्त्री ओली जसपालाई विभाजन गरेर भए पनि सत्ता टिकाउने दाउमा छन्। त्यही अवस्थामा नेता रावलले ट्वीटरमा लेखेका छन्( ‘प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होऔं !’ नेता रावलले लेखेका छन् ।
प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअैां !
— Bhim Rawal, PhD (@BhimRawal179) March 24, 2021
सरकारमा सहभागी हुनका लागि जसपाको पूर्व राजपा समूहले सरकारसँग रेशम चौधरी लगायतका नेताको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी मुद्दालाई मागको रुपमा अगाडि सारेको छ।
त्यसअघि उनले मंगलवार पनि प्रधानमन्त्री ओली माथि देशको अस्मितामाथि प्रहार हुँदा मौन बसेको आरोप लगाएका थिए। दार्चुलाको महाकाली किनारमा भारतले एकतर्फी रुपमा संरचना बनाउँदा सरकार चुप रहेको आरोप लगाएका हुन्।
प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद दीलेन्द्र बडुले पनि सरकारको ध्यानाकर्षण गराएका थिए। नेता रावलले ट्वीट गर्दै यस विषयमा ओली रहस्यमय मौनतामा रहेको आरोप लगाएका छन्।
‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रधानमन्त्री केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रधानमन्त्री केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो-रहस्यमय मौनता !’
दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो-रहस्यमय मौनता!
— Bhim Rawal, PhD (@BhimRawal179) March 23, 2021

