

थापाथलीस्थित माडवारीका घरमा एमाले मुख्यालय, भाडा कति?
प्रधानमन्त्री ओली निरिक्षण गरी फर्किए

काठमाडौं– नेकपा एमालेको पार्टी मुख्यालय थापाथलीस्थित माडवारीका घरमा सार्ने सम्झौता भएको छ। ५ बर्षका लागि कालीमाटी बस्ने सञ्जय अग्रवालको थापाथलीस्थित १३ कोठे घरमा एमाले कार्यालय राख्ने सम्झौता भएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथली हाइटको उमंगमार्गमा रहेको घरको निरिक्षण गरी कार्यालय राख्न उपयुक्त भएको परामर्श दिएका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको घरको भाडाका बारेमा केही खुलाइएको छैन।
१ वैशाखमा कार्यालय सारिने बताइएको छ। प्रधानमन्त्री ओलीसँगै कृषिमन्त्री पद्मा अर्यालसहितको टोली उक्त घर निरिक्षणका लागि पुगेको थियो।

