पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पत्रकार महासंघ चुनावमा भोट हाल्ने अधिकार


काठमाडौं– नेपाल सरकारका पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा भोट हाल्न पाउने भएका छन्।

महासंघको काठमाडौं शाखामा बाँस्कोटाले सदस्यता नविकरण गरेपछि मतदाता सूचीमा नाम राखिएको छ। उनको नाम मतदाताको २ नम्बरमा छ। १ नम्बरमा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठको सदस्यता रहेको छ।

नेपाल पत्रकार महासंघले जारी गरेको मतदाता नामावलीमा पूर्वसूचना सञ्चार तथा प्रविधि मन्त्री बाँस्कोटाको नाम राखिएको हो। उनी पत्रकारिता क्षेत्रकै पृष्ठभूमीबाट राजनीतिमा छिरेका थिए।

प्रतिक्रिया