खुट्टा मालिस गर्न बोलाएर बुहारीमाथि कुकर्म, सासूले भनिन्- ससुराको सेवा गर्नु बुहारीको कर्तव्य


काठमाडौं- भारतको मध्य प्रदेशको इन्दौरबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँको अन्नपूर्ण प्रहरी चौकी इलाकामा एक महिलाले ससुरा र श्रीमानमाथि चकित पार्ने आरोप लगाएकी छन् । खुट्टा मालिस गर्ने बहानामा ससुराले कोठामा बोलाएर लुगा फुकालेर बलात्कार गरेको युवतीले बताइन् । हाल प्रहरीले यस मामिलामा एफआईआर दर्ता गरेको छ।

प्रहरी चौकीमा दिएको उजुरीमा पीडितले ससुराले कोठामा बोलाएर बलात्कार गरेको बताएकी छन् । ससुराको खुट्टामा मालिस गर्दागर्दै उक्त घटना भएको हो । त्यस क्रममा ससुराले सबै सीमा तोडे, लुगा फुकालेर जबरजस्ती शारीरिक सम्बन्ध राखे । यो कुरा श्रीमान् र सासुलाई भनेपछि उनीहरूले पनि ससुरालाई साथ दिएको पीडितले बताइन् । सासु र श्रीमानले ‘यो ठिकै हो, ससुराको सेवा गर्नु बुहारीको कर्तव्य हो’ भने । यसपछि पनि आफूले हार नमानेर प्रहरी चौकीमा उजुरी दिएको पीडितले बताइन् ।

आफूमाथि भएको यो घटनाबाट पीडित महिला त्रसित छिन् । उनले हिम्मत जुटाएर श्रीमान् र सासुलाई सम्पूर्ण घटनाबारे जानकारी गराए तर त्यहाँ पनि उनले बेवास्ता र सामाजिक दबाबको सामना गर्नुपरेको थियो । प्रहरीले भारतीय न्याय संहिताको बलात्कार सम्बन्धी धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

उता उजुरी दर्ता हुनासाथ महिलाका ससुरा, ससुरा र श्रीमान घरबाट भागेका छन् । अहिले प्रहरीले तीनै जनाको खोजी गरिरहेको छ ।

प्रतिक्रिया