भीरबाट खसेको ढुंगाले गुडिरहेको मोटरसाइकलमा लाग्दा २ जना घाइते


मकवानपुरमा भीरबाट ढुंगा खसेर लाग्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

शुक्रबार बिहान साढे ९ बजे भिमफेदी गाउँपालिका—८ च्यासुर खोलास्थित कान्ती लोोकपथ सडकखण्डमा भिरबाट ढुंगा खसेर मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडाबाट बा ६५ प ४२६३ नम्बरको मोटरसाइकलमाथि ढुंगाा खसेको हो।

मोटरसाइकल चालक बारा कलैया उपमहानगरपालिका—८ बस्ने ४२ वर्षीय मंसुर मियाँ अन्सारी र पछाडि सवार ३२ वर्षीय नरेन्द्र माली घाइते छन्।

अन्सारीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। मालीको दाहिने खुट्टामा चोट लागेको हो। दुबै जनाको उपचारको लागि ठिंगन स्वास्थ्य चौकीमा पठाइएको छ।

मोटरसाइकल अन्दाजी ३० फिट तल भीरमा अड्किएको छ। प्रहरीले निकाल्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया