डीआईजी बोहराले सम्हाले उपत्यका ट्राफिकको जिम्मेवारी


काठमाडौं – नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

बुधबार रामशाहपथस्थित कार्यालय पुगेर बोहराले पदभार ग्रहण गरेका हुन् ।

गएको असार २१ मा पोषराज पोखरेलले उमेरहदका कारण डीआईजीबाट अवकाश पाएपछि ट्राफिक प्रहरी कार्यालय निमिक्त प्रमुख एसएसपी जीवन श्रेष्ठको भरमा चलेको थियो । उनले समेत ३० वर्षे सेवाहदका कारण भदौ १६ मा अवकाश पाएपछि ट्राफिक प्रहरी नेतृत्वविहीन थियो ।

प्रतिक्रिया