ममता काफ्ले बेपत्ता प्रकरणका फाेटाे प्रमाणहरु सार्वजनिक


काठमाडौं– अमेरिकाको मानसास पार्कबाट बेपत्ता भएकी २८ वर्षीया नर्स ममता काफ्लेको हत्या आरोपमा उनका पती नरेश भट्ट पक्राउ परेका थिए । युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोग नर्सको रूपमा कार्यरत ममताको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताइसकेको छ ।

नरेशले श्रीमतीको हत्या गरेको र उनको शवलाई मानसस पार्कमा रहेको आफ्नो घरबाट घिसारेर बाहिर निकालेको आरोप प्रहरीले लगाएको छ । ममताको शव फेला नपरेको कारण अहिले नरेशविरुद्ध मृत शरीर लुकाएको सम्बन्धमा छैटौं श्रेणीको आपराधिक आरोप लगाइएको छ ।

कार्पेटमा रगतको दाग देखिएको, वाथटबमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ ।

भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिएको फाटो मनसास पार्क प्रहरीले अदालतमा पेश गरेको थियो । अहिले तिनै प्रमाणहरु सार्वजनिक भएका हुन् ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए ।

हिरासतमा रहेका नरेशले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् । उनलाई मनसासस्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । नरेशका वकिलहरुले उनीविरुद्ध ठोस प्रमाण नभएको र कुनै अपराधिक पृष्ठभूमि नरहेकाले धरौटीमा छोडन अपिल गरेका थिए । तर, सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । अर्को सुनवाइ २४ अक्टोबरमा तोकिएको छ ।

प्रतिक्रिया