रोल्पामा आफ्नै आमामाथि बलात्कार !


रोल्पा-  रोल्पामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

शुक्रबार राति ५६ वर्षीया आफ्नै आमालाई जबरजस्तीकरणी गरेको जाहेरीका आधारमा २९ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए।

मदिराले मातेका छोराले आफूमाथि बलात्कार गरेको घटना आमाले छोरीलाई भनेपछि घटना सार्वजनिक भएको हो । ‘आफ्नै घरमा सुतिरहेकी आमालाई मदिराले मातेका छोराले मुख छोपेर बोल्न र कराउनसमेत नदिइ जबरजस्ती बलात्कार गरेको भन्ने जाहेरीमा छ,’ प्रहरी निरीक्षक बराकोटीले भने ।

पक्राउ परेका युवकले घटनाबारे आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन् ।

पक्राउ परेका युवकबिरुद्ध हाडनाता करणी अन्तर्गतको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया