थुनामा रहेकी मोडलको मोबाइलमा भेटियो बहालवाला एआईजीसँगको अश्लिल संवाद ! 


काठमाडौं – आपराधिक उपद्रव गरेको अभियोगमा पक्राउ परेकी मोडेल सपना लामिछानेको मोबाइलमा प्रहरीका एआईजीसँग उच्च सम्बन्ध रहेको भेटिएको छ ।

शुक्रबार राजधानीबाट पक्राउ परेकी लामिछानेको मोबाइलको अनुसन्धानको क्रममा सो कुरा खुलेको हो ।

नाम उल्लेख नगर्ने शर्तमा अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लामिछाने र ती बहालवाला एआईजीबीच ‘स्न्याप च्याट’मार्फत् निरन्तर अश्लिल संवाद हुने गरेको थियो । उनीहरुबीचको स्न्याप च्याटमा अश्लिल तस्बिरहरु आदानप्रदान गरेको भेटिएकोले उनीहरुबीच अन्तरंग सम्बन्ध रहेको पुष्टी हुन्छ ।

यसअघि बस्नेत थरका एक युवकलाई बलात्कारको मुद्दा लगाएकी लामिछाने पछिल्लो समय सिर्जना बस्नेतको जाहेरीले पक्राउ परेकी हुन् । लामिछाने सिर्जनाको गाडी फुटाएको आरोपमा पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रविन्द्र पौडेलले जनाए । उनले अनुसन्धान जारी रहेकोले थप बोल्न नमिल्ने बताए ।

लामिछानेलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया