योगीपछि भारतमा सबैभन्दा लोकप्रिय बने उत्तराखण्डका मुख्यमन्त्री धामी


काठमाडाैं– भारतका युवा मुख्यमन्त्रीमध्येका एक पुष्कर सिंह धामीले आफ्नो कार्यकुशलताका कारण देशैभर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीपछि भाजपा शासित प्रदेशहरूमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको उपाधि फेरि एकपटक हासिल गरेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री धामीले देशैभर गरेका ठूला निर्णय र राज्यको विकासका लागि लिएका नीतिगत निर्णयका कारण  उनकाे फरक छवि देखिएको छ । मुख्यमन्त्री धामीले राज्यको हितमा लिएका निर्णयलाई मातृभूमि र युवावर्गले विशेष रुचाएका छन् ।

देशको प्रतिष्ठित मिडिया समूह ‘नव भारत टाइम्स’ले सीएम योगीपछि भाजपा शासित राज्यका मुख्यमन्त्रीहरूमध्ये सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको बारेमा आफ्नो अनलाइन प्लेटफर्ममा सर्वेक्षण सञ्चालन गरेकाे थियाे ।  जसमा ५१ दशमलव १ प्रतिशत जनताले उनलाई सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीका रुपमा अनुमोदन गरेका छन् । निर्वाचनका क्रममा मुख्यमन्त्री धामीको निर्णय र कामको जनताले खुलेर प्रशंसा गरेका छन् ।

सर्वेक्षणमा असामका मुख्यमन्त्री हिमन्त विश्वलाई १६.९ प्रतिशत, गोवाका प्रमोद सावन्तलाई १६.३ प्रतिशत र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेललाई १५.७ प्रतिशतले मात्र मत दिएका थिए । यसअघि पनि मुख्यमन्त्री धामीले इन्डियन एक्सप्रेसको देशका शक्तिशाली भारतीयहरूको सूचीमा ६१औँ स्थान हासिल गरेर आफ्नो पहिचान बनाएका थिए ।

मुख्यमन्त्री धामीले विकास कार्यको सन्दर्भमा नीति आयोगको दिगो विकास लक्ष्य (एसडीजी) वरीयतामा उत्तराखण्डलाई देशकै पहिलो स्थानमा ल्याएर आफ्नो कामका लागि लोकप्रियताको लामो लय तानेका छन् । यहाँका मुख्यमन्त्री धामी आम जनता र सामाजिक सञ्जालमा पनि निकै चर्चित छन् ।

केही महिनाअघि मुख्यमन्त्री धामी प्रधानमन्त्री मोदी र अमित शाहपछि सामाजिक सञ्जालमा देशका सबैभन्दा फलो गरिएका नेताको सूचीमा परेका थिए । फेसबुक पेजमा मात्रै उनका फलोअर्स एक करोड नाघेका छन् ।

मुख्यमन्त्री धामीले यसरी बनाए छुट्टै पहिचान

मुख्यमन्त्री पुष्करसिंह धामीले तीन वर्षको अवधिमा विकास र शान्ति सुरक्षाका ठूला निर्णय गरेका छन् । सबैभन्दा पहिले नक्कल विरोधी सम्बन्धी कडा कानुन लागू गरी मुख्यमन्त्री धामीले देशसामू उदाहरण बसाएका छन् । उत्तराखण्डपछि, यूपी र केन्द्र सरकारले पनि नक्कल विरोधी कानून लागू गरेको छ । यसका साथै उनले भारतीय संविधानमा दिइएको समान नागरिकसंहिता अर्थात् यूसीसी कानून प्रणालीलाई राज्यमै पहिलो पटक लागू गर्ने निर्णय गरेर देशभरीमै उदाहरणिय कायम गरेका थिए ।

यसका साथै उनकाे पालामा सयौं हेक्टर जमिन अतिक्रमणमुक्त गराएर ल्यान्ड जिहादविरुद्ध प्रभावकारी कारबाही भएको छ । साथै कडा दंगा विरोधी कानून, धर्म परिवर्तन कानून जस्ता धेरै ठूला कानून बनेका छन् । यसबाहेक सिल्क्यरा सुरुङ दुर्घटनामा ४१ जना मजदुरको सकुशल उद्दारदेखि लिएर जोशीमठ विपद्को सामना गर्ने, हालैका हल्द्वानी र केदारनाथ प्रकोपलगायत राज्यका अन्य ठाउँमा परेको विपद्सम्मका काममा मुख्यमन्त्री धामीले आफ्नो जिम्मेवारी निकै बुद्धिका साथ निर्वाह गरेका छन् ।

। यसबाहेक, कुशल राजनीतिज्ञको भूमिकामा युवा मुख्यमन्त्री धामीले लोकसभा चुनावमा उत्तराखण्डका पाँचै सिटमा कब्जा गरेर भाजपालाई जित दिलाएका थिए ।

 

प्रतिक्रिया