घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ


काठमाडौं – स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् ।

गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए । उनलाई सोही ट्याक्टरका चालक र अर्का सहचालकले कालीगण्डकी नदीमा फालिदिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का २२ वर्षका सुनिल रानालाई पक्राउ गरेको छ भने चालक अमित परियार फरार छन् । पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएको छ । घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको डीएसपी अधिकारीले बताए ।

प्रतिक्रिया