अभिनेता कार्कीलाई मातृशोक
काठमाडौं – अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो।
फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।