नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीको छापा
काठमाडौं — नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
काठमाडौंको अनामनगरस्थित रहेको संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले बुधबार दिउँसो छापा मारेको हाे ।
त्यसअवसरमा प्रहरीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।