बहिनीको कोठामा बोलाएर आफ्नै विद्यार्थीमाथि दुष्कर्म गर्ने शिक्षक पक्राउ


कैलाली- कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले गत बिहिवार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै उजुरी परेको बताएको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन् ।

याे सम्बन्धमा प्रहरीले जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

प्रतिक्रिया