धनगढीमा राइस मिलमा आएकी बालिकालाई यौन दुर्व्यवहार गर्ने राना पक्राउ


कैलाली- कैलालीकाे धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

१२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्षीय सुखदेव रानालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्व्यवहार  गरेको बताए ।

उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको कार्कीले बताए ।

प्रतिक्रिया