नारायणगढ- मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेपछि…


काठमाडाैं-  चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेकाे छ ।

ईच्छाकामना गाउँपालिका-५ पर्ने सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढ जाँदै गरेको बीएडी ८३२२ नम्बरको कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने मानविय क्षति भएको छैन ।

कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए ।  कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

गएराति देखिनै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेकाले सावधानी अपनाएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया