ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ


झापा – लागूऔषध ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भइ हाल बिर्तामोड नगरपालिका–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया