नक्कली शरणार्थी प्रकरणमा बेचन झा पुर्पक्षका लागि जेल चलान


काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैभन्दा पछिल्लो पटक पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

उनले अदालतमा उनले इन्कारी वयान दिएका छन् । झामाथि नेताहरूसँग सेटिङ मिलाएको आरोप छ । इन्कारी बयान गरेका झाविरुद्ध प्रहरीले अन्य प्रमाण जुटाएको थियो । प्रहरीले यसअघि दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए ।

प्रतिक्रिया