साफ यु–२० : पहिलो हाफमा नेपाललाई अग्रता


काठमाडौं-  साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

निराजन धामीले खेलको २४औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन् । फ्रिकबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेको बल श्रीलंकाका खेलाडीलाई टच हुँदै फर्किएको थियो । उक्त बललाई धामीले जाली चुमाए ।

खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो ।

प्रतिक्रिया