बलात्कार आरोपमा प्रहरी हवल्दार जेल चलान


काठमाडौं – प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन् ।

उनले गत २९ असारमा एक नाबालिकालाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ । प्रहरीका अनुसार ती किशोरी र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेका थिए । त्यही क्रममा हवल्दार श्रेष्ठ समेतले उनीहरुलाई पक्राउ गरे । केटालाई छाडेकोमा केटीलाई त्यही राखेर उनले राती बलात्कार गरेको उजुरी परेको थियो । सोही आधारमा भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ ।

 

प्रतिक्रिया