सेनाको अधिकृतको निस्कियो रिजल्ट, पुरुषसहित १ सय १ लाई पछि पार्दै संगीता पहिलो नम्बरमा (नामावलीसहित)


काठमाडौं— नेपाली सेनाको सिं.स.६१ अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको छ ।

नेपाली सेनामा रिक्त अधिकृत पदपुर्तिका लागि विज्ञापनअनुसार सिं.स ६१ अधिकृत क्याडेटको छनौटको अन्तिम नतिजा प्रकाशित गरेको हो। नतिजामा १ सय २ जना उर्तिण भएका छन्।

सुदूरपश्चिम प्रदेशकी संगिता धामीले एक नम्बरमा नाम निकाल्न सफल भएकी छन्। त्यस्तै सेनाको उक्त नतिजाको योग्यताकमको दोस्रो नम्बरमा पनि महिलाले नै नाम निकाल्न सफल भएकी छिन् । दोस्रो नम्बरमा जीना गुरूङ श्रेष्ठले नाम निकालेकी हुन् ।

उर्तिण भएका उम्मेदवारलाई आगामी चैत १६ गते विहान ११ बजे जंगी अड्डाको पश्चिम पट्टी सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेलमैदानमा अधिकृत क्याडेट सुहाउँदो पोशाकमा उपस्थिति हुन पनि अनुरोध गरिएको छ।

प्रकाशित नतिजामा सिफारिस भएका अधिकृत क्याडेटलाई सम्पुर्ण प्रमाण पत्रका प्रतिलिपि, फोटो ३ /३ का दरले छुट्टै नेपाली राखेर आउन पनि भनिएको छ।

नतिजाः

प्रतिक्रिया