बञ्चरो प्रहार गरी १८ वर्षीया श्रीमतीको हत्या


हेटौंडा- मकवानपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कैलाश गाउँपालिका–५ काफलडाँडा निवासी २८ वर्षका मंगलबहादुर पाख्रिनले श्रीमती १८ वर्षीया लक्ष्मी पाख्रिनको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार बेलुका आपासी विवाद हुँदा मंगलबहादुरले लक्ष्मीको टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे छिमेकीले थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए । प्रहरीले सोमबार राति नै मंगलबहादुरलाई पक्राउ गरी पालुङस्थित प्रहरी हिरासतमा राखेको छ ।

मंगलबहादुर र लक्ष्मीको १३ महिनाकी छोरी छन् ।

प्रतिक्रिया