अस्पतालकै क्यान्टिनमा अखाद्य खाना !


कैलाली- कैलालीको सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य खाना फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य व्यवस्था तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमनका क्रममा अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो ।

अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिजभित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिँदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए ।

सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मःमः, ३ किलो कलर हालेको अचार, ३ किलो कुखुराको मासु र १० लिटर दुध बरामद गरी नस्ट गरिएको छ ।

अस्पतालको क्यान्टिनलाई दुई हजार जरिवाना गराएको छ । यसका साथै फेरि यस्ता गल्ती नगर्न चेतावनी दिइएको अनुगमन समिति सदस्य मल्लले बताए ।

प्रतिक्रिया