‘रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियो भने’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हचुवाका भरमा बोल्ने र हचुवाकै भरमा काम गर्ने प्रधानमन्त्री नभएको दाबी गरेका छन् ।

सोमबार बालुवाटारमा दोलखा जिल्लाका राजनीतिक दलका सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

उनले रेल र पानी जहाजको विषयमा केहीले आफ्नो मजाक उडाएको प्रति गुनासो गरे । उनले भने, ‘रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियो पनि भने। तर रक्सोल-काठमाडौँ रेल भनेको काठमाडौँ दिल्ली वा काठमाडौँ मुम्बई, अनि केरुङ-काठमाडौँ रेल भनेको काठमाडौँ ल्हासा हो भन्ने कुरा उडाउनेहरूले बुझ्न सकेनन्, अब बिस्तारै बुझ्नेछन् ।’

आगामी दिनमा ठूला आयोजनाहरू अनावश्यक ढिलाइ र लापरबाही गर्ने परिपाटी रोक्न सरकारले विशेष ध्यान दिने उनको भनाइ छ ।

 

प्रतिक्रिया