इटालियन पेस्तोलसहित दमकबाट एक जना पक्राउ


झापा- प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन् । दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डबाट उनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार बिहान ३:५५ बजे गजमेर सवार को ३८प ५६४९ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गरेको थियो ।

स्कुटरको अगाडि चाबी लगाउने भागनेर सामान राख्ने खाली ठाउँमा स्पेशल मेड इन इटाली अटोमसिएल लेखिएको खैरो रंगको कभरसहितको पेस्तोल फेला परेको थियो ।

गजमेरको पाइन्टको पछाडिको गोजीबाट सो पेस्तोलमा लाग्ने दुई थान म्यागजिन फेला परेको केसीले बताए । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान थालिएको छ ।

 

प्रतिक्रिया