पेरिस ओलम्पिकमा स्वर्ण जितेका नदिम यसरी बन्दैछन् करोडपति, ससुराले दिए भैँसी उपहार


काठमाडौं- पेरिस ओलम्पिकअन्तर्गत ज्याभलिन थ्रोमा रेकर्डसहित स्वर्ण जितेका पाकिस्तानका खेलाडी अरशद नदीम करोडपति  बन्दैछन् । उनलाई पंजाब प्रान्तकी मुख्यमन्त्री मरयाम नवाजले १० करोड (पाकिस्तानी) रुपियाँको नगद पुरस्कार घोषणा गरेकी छन् ।

यस्तै अन्य व्यक्तिहरुले पनि उनलाई रकम दिने घोषणा गरेपछि उनले करिब १५ करोड ६० लाख (पाकिस्तानी) रुपियाँ पाउनेछन् । यो भनेको नेपाली झण्डै ८ करोड रुपियाँ हुनआउँछ । नदीमले केही महिना अघि मात्रै ओलम्पिक्सको लागि नयाँ भाला किन्न क्राउड फन्डिंगको सहयोग लिनु परेको थियो ।

अब भने उनकाे गृहनगरमा एक स्पोर्टस् सिटी बन्नेछ । मरयाम पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । नदीमले यसअघि कमनवेल्थ गेम (२०२२) मा स्वर्ण तथा वल्र्ड च्याम्पियनसिप (२०२३) मा रजत पदक जितेका थिए ।

अरशदलाई दिने पुरस्कार रकमको घोषणा
-पन्जाब प्रान्तकी मुख्यमन्त्री मरयामद्वारा १० करोड
-पन्जाब सरकार सरदार सलीम हैदर खानद्वारा २० लाख
-सिन्धका मुख्यमन्त्री नदीमद्वारा ५ करोड
-सिन्धका सरकार कामरान तेसोरीद्वारा १० लाख
-पाकिस्तानी तथा बलिउड सिंगर एक्टर अलि जफरद्वारा १० लाख
-पाकिस्तानी क्रिकेटर अहमद शहजादद्वारा १० लाख

यसैक्रममा उनले पुरस्कारको रूपमा भैँसी पनि पाएका छन् । अरशद नदिमलाई उनका ससुरा मुहम्मद नवाजले भैसी पुरस्कार दिने घोषणा गरेका हुन् । अरशद नदिमको गाउँमा भैँसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ ।

प्रतिक्रिया