८१ वर्षीय पौड्याल ५८ लाख ठगीको आरोपमा जेल चलान


काठमाडौं — ललितपुरबा ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका—२ का ८१ वर्षीय रामप्रसाद पौड्याल ५८ लाखभन्दा बढी रकम ठगीको आरोपमा पक्राउ परेका हुन् ।

बैंकिङ कसुरको मुद्दामा उनलाई बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैदको सजाय सुनाइएको थियो । त्यसैगरी क्षतिपूर्ति शुल्कवापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भन्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय लोहित चन्द शाह र ईश्वरराज आचार्यको इजलासले १६ मंसिर २०७७ मा फैसला सुनाएको थियो ।

उनले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेका थिए । पटक—पटक रकम फिर्ताका लागि मागेपछि उनले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि उनले कानुन प्रक्रिया अघि बढाएका थिए ।

झम्सीखेलबाट पक्राउ पौडेललाई परेका फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ ।

प्रतिक्रिया