सौतेनी आमाको दमनपछि ‘सिरियल किलर’ बनेका कुलदिप, आमाकै उमेरका १० महिलाको हत्यापछि पक्राउ


काठमाडाैं- पछिल्लो एक वर्षमा १० महिलाको लगातार हत्यापछि भारतकाे युपीस्थित बरेलीमा त्रासको वातावरण थियाे । महिलाहरु घरबाहिर निस्कन डराउँथे । तर, अन्ततः प्रहरी हत्यारालाई  पक्राउ गर्न सफल भएकाे छ । आरोपीले ४५ वर्षभन्दा माथिका महिलालाई मात्रै निशाना बनाउँदै आएका थिए । महिलाले शारिरीक सम्पर्क गर्न अस्वीकार गरेपछि उनी घाँटी थिचेर हत्या गरेपछि महिलाकाे केही निसानी लगेर जान्थे ।

बरेलीको शाही र शीशगढ क्षेत्रमा महिलाको हत्या गर्ने सिरियल साइको किलर कुलदीप गंगवार नवाबगञ्ज क्षेत्रका बासिन्दा हुन् । उनले महिलाहरूकाे हत्या गरेको स्वीकार गरेका छन् । सौतेनी आमाका दमन र श्रीमतीले अर्कै पुरुषसँग विवाह गरेपछि कुलदीपले महिलालाई घृणा गर्न थालेको प्रहरीको सोधपुछबाट खुलेको छ ।

प्रहरीले धेरै समयदेखि  हत्याराको खोजी गरिरहेको थियो । सिरियल किलर पत्ता नलागेपछि प्रहरीले दुई दिनअघि उनको स्केच सार्वजनिक गरेको थियो । धेरै प्रयासपछि प्रहरीले ठूलो सफलता हात पारेको हाे ।

१४ महिनामा १० महिलाको हत्या

एकपछि अर्को महिलाको हत्या भएपछि बरेलीमा हंगामा मच्चिएको थियाे । “पागल’  सिरियल किलरले सबैकाे एउटै तरिकाले हत्या गर्ने गरेकाे अनुसन्धानबाट खुलेकाे छ । उनले १४ महिनामा १० महिलाको हत्या गरेपछि प्रहरी  विशेष टोली गठन गरिएको थियो । बरेलीका एसएसपी अनुराग आर्यले ती साइको किलरलाई पक्रन ‘अपरेशन तलाश’ सुरु गरिएको जानकारी दिए ।  जसमा २२ टोली गठन गरी २५ किलोमिटर क्षेत्रमा यो अपरेशन सञ्चालन गरिएको थियो ।

यसरी बने सिरियल किलर 

प्रहरीले सोधपुछका क्रममा आरोपी कुलदीपले आफू नवाबगञ्ज थाना क्षेत्रको बकरगञ्ज गाउँको बासिन्दा भएको बताएका छन् । उनका दुई बहिनी छन् भने आमाको मृत्यु भइसकेको छ । आफ्नी आमा जिउँदै छँदा बाबुरामले अर्की केटीसँग बिहे गरेको उनले बताए। त्यसपछि बुवाले दोश्रो श्रीमतीको आग्रहमा पहिलो श्रीमतीलाई पटक–पटक पिट्ने गर्थे । जसका कारण उनको सौतेनी आमाप्रति घृणाको भावना उत्पन्न भएकाे थियो । त्यसपछि उनले सौतेनी आमाको उमेरका महिलालाई आफ्नो शिकार बनाउन थाले ।

सन् २०१४ मा आफ्नो विवाह भएको अभियुक्तले प्रहरीलाई बताए । श्रीमतीसँग पनि सामान्य व्यवहार नगर्ने भएकाले उनले विरोध गर्दा श्रीमतीलाई कुटपिट गर्थे । त्यही हिंसात्मक प्रवृत्तिबाट त्रसित उनकी श्रीमतीले पनि केही वर्षअघि  छाडेर गएर्की थिइन् । त्यसपछि  उनी गाँजा, सुल्पा, मदिरा आदि सेवन गर्न थाले र बकरगञ्जमा रहेको आफ्नो घर छोडेर गगाउँ नजिकैको जंगलमा घुम्न थाले ।

बिहान घरबाट निस्कने, हरेक हत्यापछि निसानी लग्ने
कुलदीप हरेक बिहान ८ बजे आफन्तको घरबाट केही खाएर निस्कने र फुटपाथ तथा खेतबारीमा घुम्ने गरेको एसएसपीले बताए । उनले हरेक महिलाको हत्या गरिसकेपछि  केही न केही निसानी लग्ने गरेको बताए । कसैको लुगा, कसैको मेकअपका सामान, कसैको झोला र आधार कार्ड उनी लगेर जान्थे ।

 

 

प्रतिक्रिया