फास्ट ट्र्याक अनियमितताबारे अध्ययन गर्न उपसमिति गठन, दिईयो २ महिनाको समय


काठमाडौं – फास्ट ट्र्याक निर्माणका क्रममा अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरेको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले फास्ट ट्र्याक निर्माणका क्रममा विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरेको हो ।

सोमबार बसेको समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको संयोजक र जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल रहेको समिति गठन गरेको हो ।

उक्त समितिले फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाले गर्ने ठेकेदार छनोट, पुल निर्माणमा भएको भनिएको अनियमितता, खोकनामा भएको विवाद, निर्माणका क्रममा भएका लापरवाहीलगायतका विषयमा अध्ययन गर्ने समिति गठन गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।

समितिलाई दुई महिनाको समय दिइएको छ ।

प्रतिक्रिया