

त्रिभुवन विमानस्थलबाट २१ कराेडकाे कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं- नेपाल प्रहरीले ६ किलो २४ ग्राम लागुऔषध कोकिनसहित प्रक्राउ परेका एक विदेशी नागरिकलाई सार्वजनिक गरेको छ।
साउन २३ गते कतार एयरवेजको उडानद्वारा काठमाडौँ आएका वर्ष ५१ का लात्भियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिहीबार काठमाडौँमा लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरी निजले बोकेको ह्याण्ड क्यारी सुटकेसभित्र लुकाइछिपाइ राखेको शंकास्पद वस्तु चेक जाँच गरी परीक्षण गर्दा लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित फेलापारी पक्राउ गरीएको जानकारी दिएकाे हाे । बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रहेको बताइएकाे छ ।
उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।

