एसपीद्वय कोइराला र काफ्लेसहित उत्कृष्ट १५ अधिकृत सम्मानित


हेटौंडा – जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालासँगै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेलाई सम्मान गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै सम्मान गरेको हो । आफूलाई सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दारिताकासाथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले एसपीद्वयलाई सम्मान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख डिआईजी बिष्णुकुमार केसीले बताए ।

उनीहरुसहित १५ उत्कृष्ट कर्मचारीलाई नगदसहित डिआईजी केसीले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप कुमार सिंह, प्राविधिक डिएसपी सत्य नारायण जयसवाल, प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू दिपक सुवेदी, रविन्द्र कुमार श्रेष्ठ, दिनेश प्रसाद खरेललगायतका रहेका छन् ।

प्रतिक्रिया