पुलिसका हाकिम फेरिँदै, मेट्रोमा विवादास्पद बज्राचार्यको इन्ट्री, काठमाडौंमा विश्व


काठमाडौं — सरकार नेपाल प्रहरीका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ ।

प्रधानमन्त्री कार्यालयका निकट स्रोतका अनुसार महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा विवादास्पत एआईजी किरण बज्राचार्यको सरुवा हुँदैछ ।

बज्राचार्य तिनै अधिकृत हुन् जसलाई ६१ केजी सुन तस्करी प्रकरणमा सरकारद्वारा पूर्व न्यायाधिश डिल्लीराम आचार्यको नेतृत्वमा गठित सुन तस्करी सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगबाट कारबाहीको सिफारिस गरिएको थियो। एआईजी बज्राचार्यले सुन तस्करीका संदिग्धलाई जोगाएको आशंकामा  छानबिनपछि कारबाही गर्न आयोगले सिफारिस गरेको थियो । त्यसपछि  तत्कालीन सरकारले सिआईबीको जिम्मेवारीबाट हटाएको थियो तर अहिले उनैलाई पुरस्कारस्वरूप मेट्रोको जिम्मेवारी दिन लागिएको छ ।

बज्राचार्य परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाको भिटो पावरमा मेट्रोमा इन्ट्री मार्न लागेकी हुन् ।

त्यसैगरी सरकारले जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी बसन्त रजौरेको पनि सरुवा गर्दैछ । वैशाख १४ गते एसएसपी भूपेन्द्र खत्रीको स्थानमा काठमाडौं परिसरको जिम्मेवारी लिएका रजौरेको ३ महिनामै सरुवा हुन लागेको हो । उनको स्थानमा एसएसपी विश्व अधिकारीलाई ल्याइने भएको छ ।

प्रतिक्रिया