गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौँ: अध्यक्ष लिङदेन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने/नजाने निर्णय गर्नुपर्ने बताएका छन् ।

विहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताए ।

उनले भने, ‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितीले निर्धारण गर्छ । हाम्रो चाहनाले मात्र हुदैँन् । गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेदाए सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ । व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन । त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन् ।’

यस्तै, उनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एकमत नभएपनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए ।

प्रतिक्रिया