संगीतका गुरू गुरूदेव कामतको निधन


सिराहा – संगीत गुरु गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित आफ्नै घरमा उनको आज बिहान ८ बजे उनको निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए ।

उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको थियो । उपचारका लागि आर्थिक संकट भएपछि उनी सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।

प्रतिक्रिया