क्षेत्रपाटीमा दुईसमूहबीच झडप, १ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं – काठमाडौंको क्षेत्रपाटीस्थित ढल्कुमा दुईसमूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
महानगरपालिका–१७ ढल्कुस्थित पोडेटोलमा दुई समूहको बिचमा झडप हुँदा खुकुरी प्रहारबाट अनिल पुजारीको मृत्यु भएको हो ।
छिमेकीसँग विवाद हुँदा अर्को समूहले खुकुरी प्रहार गर्दा अनितको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य ६ जना घाइते भएको जनाइएको छ ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार जारी रहेको छ ।