पूर्व राज्यमन्त्रीको हत्या आरोपमा पक्राउ परेका घरकै कामदारसहित दुई जना सार्वजनिक


काठमाडौँ – पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् ।

उनीहरूले पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सर्लाही प्रहरीले जनाएको छ ।

दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

प्रतिक्रिया