गेष्टहाउसमा युवकसँग बसेकी युवतीको मृत्यु, युवक अस्पतालमा


ललितपुर – ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेकी एक युवतीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका वडा ७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एक युवकसँग राती ११ बजे आएकी युवतीको बिहान मृत्यु भएको हो ।

ललितपुरकै डुकुछाप घर भै हाल सातदोबाटोमा बस्दै आएका सन्दिप बि.क ले गएराति ११ बजे आफ्नो साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् ।

युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले बि एण्ड बि अस्पतालमा लगेकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवकले पनि सास फेर्न कठिनाइ भएको भनी जनाएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ।

 

प्रतिक्रिया