विमानको मर्मतमा जीन्दगी बिताएका ८१ वर्षीय बिन्दुकार, सौर्यको विमानसँगै समाप्त भयो पाको अनुभव


काठमाडाैं- ललितपुरको बखुन्डोलका श्याम बिन्दुकारले आफ्नो सम्पूर्ण जीवन हवाइजहाजको मर्मतसम्भारमा बिताएका थिए । उमेरले ८१ वर्ष कटेका बिन्दुकारले डेढ वर्षअघि अवकाश लिइसकेका थिए । अब काम नगर्ने अठोट लिइसकेका उनले सौर्य एयरलाइन्सको आग्रहलाई भने नकार्न सकेनन् ।

सोही आग्रहलाई स्विकार्दै बुधबार पोखरा जान लागेको प्राविधिकको टोलीसँगै उनी पनि विमानमा चढेका थिए । सौर्य एयरलाइन्सले उनको विज्ञता र अनुभव उपयोगी हुने भन्दै उनलाई पोखरा लैजान लागेको थियाे ।  तर, उमेरकाे उत्तरार्धमा पुगेका उनले पोखरामा पाइला टेक्न पाएनन् ।  विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा उनी पनि अस्ताए ।

उक्त विमानमा चढेका धेरैजसाे यात्रु सौर्य एयरलाइन्सका प्राविधिक र कर्मचारी थिए । बुवाको निधनसँगै ७९ वर्षीया आफ्नी आमालाई सम्हाल्न निकै गाह्राे भएको छाेरा रमेशले बताएका छन् ।

अहिले  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा श्याम बिन्दुकारकाे शव परीक्षणका लागि राखिएकाे छ ।

 

 

 

प्रतिक्रिया