क्याप्टेन मनिषको आइसियूमा उपचार हुँदै, कस्तो छ अवस्था ?


काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ ।

क्याप्टेन शाक्य सामान्य कुराकानी गरिरहेका छन् । उनको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ ।

दुर्घटनास्थलबाट अस्पतालमा पुर्याइएका पाइलट शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए ।

दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन । तर उनको शरीरमा विभिन्न स्थानमा भने चोट लागेको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया