क्याप्टेन शाक्य: एमआरआईले देखाएन जटिलता, आईसीयूबाट क्याबिनमा


काठमाडौं – दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यलाई आईसीयूबाट क्याबिनमा सारिएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखरा जाने जहाज उडाइरहेका क्याप्टेन शाक्य केही बेरमा नै जहाजसहित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेपछि जीवितै उद्धार गरि सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज लगिएको थियो ।

त्यहाँ उपचारपछि उनलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिए र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । क्याप्टेन शाक्यको बिहीबार नै एमआरआई गरिएको र एमआरआईमा पनि जटिलता नदेखिएपछि आईसीयूबाट क्याबिनमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको शरीरको केही भागमा सामान्य चोटका साथै ढाडको एउटा हड्डी र तीन वटा करंग भाँचिएको छ ।

सो दुर्घटनामा परेरे उनीबाहेक जहाजमा रहेका १८ जनाको मृत्यु भएको छ थियो ।

प्रतिक्रिया