सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु


काठमाडौं-  पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको रन-वे छोड्ने बित्तिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको जनाएको छ ।

जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको खुलेकाे छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्मा एकै परिवारका रहेकाे खुलेकाे हाे । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् ।

मनुराज प्राविधिक रहेकाे र प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेकाे बताइएकाे छ । सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ ।

बुधबार बिहान उक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया