जहाजमा सवार पाइलटबाहेक सबैको निधन, १८ शव निकालियो, क्याप्टेन शाक्यको उपचार हुँदै
काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ ।
उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।