साढे ५ किलो अफिमसहित ट्रक चालक पक्राउ


दाङ- चामलको बोराभित्र प्रतिबन्धित लागुऔषध अफिम लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा एक ट्रक चालक पक्राउ परेका छन्।

सल्यान जिल्लाको कुमाख गाउँपालिका-५ का मदनप्रकाश गिरी साउन ५ गते रुकुम पश्चिमको आठबिसकोट-१४ छेपारीस्थित भेरी करीडोर सडक खण्डबाट पक्राउ परेका हुन् ।

गिरीले नै चलाएको र गोतामकोटदेखि बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ क १७८० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए।

ट्रकको सहचालक बस्ने सिटमुनि चामलको बोराभित्र तीन वटा प्लाष्टिकमा लुकाइछिपाइ लैजान लागेको लागुऔषध अफिम फेला परेको थियो। फेला परेको अफिम तौल गर्दा ५ केजी ५४५ ग्राम रहेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए।

प्रतिक्रिया